एनआरएन विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने:
गैरआवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ ( अक्टोवर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताउनु भएको छ ।
विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उदेश्यका साथ सम्मेलन आयोजना हुन लागेको शर्माको भनाई छ। ‘विदेशमा सिकेको ज्ञानलाई स्वदेशमा पुर्याउने एनआरएनको उदेश्य नै हो’, शर्माले भने, ‘हामी यसलाई कार्यान्वयनको चरणमा पुर्यारउन चाहन्छौं।’ विदेशमा सिकेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुने छ।
वैदेशिक रोजगारीमा जानेहरु र अध्ययन, अध्यापनको क्रममा विदेशमा रहेका नेपालीहरुले सिकेको सीपलाई सरकार र एनआरएनले प्रयोगको उपयुक्त वातावरण बनाउनु पर्छ भन्ने सोचका साथ सम्मेलन आयोजना भएको – सम्मेलनका अर्का संयोजक तथा एनआरएनका उपाध्यक्ष कुमार पन्तको भनाई छ।
सम्मेलनको पहिलो दिन साझ प्रधानमन्त्री केपो ओलीबाट उद्घटान र दोश्रो दिन चारवटा प्लेनरी सत्र रहेको छ। पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधीको नीति, प्राविधिक जनशक्तिको अवस्था लगायत विषयमा छलफल हुनेछ। दोश्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। तेश्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधीको संभावना र यस क्षेत्रमा लगानी बिषयमा छलफल हुनेछ। नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भुमिका हुन्छ भन्ने बिषयमा समेत छलफल हुने छ।
दोश्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिकविकास तथा ईन्जिनियरीङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधी, जोखिम न्यूनिकरण, वातावरणीय प्रदुषणदेखि लिएर फाईनान्सियल रेफर्म, सामाजिक सुरक्षा लगायतमा छलफल गर्ने कार्यक्रम छ। तेश्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागीता हुनेछ, त्यहाँ सम्मेलनको समिक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरेर सम्मलन सकिने उहाँले बताउनु भयो ।
सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्शको कार्यक्रम रहेको छ। सम्मेलनका सबै बिषयहरु आम जन जिविकासँग जोडिएको उहाँको भनाइ थियो । यसका साथै सरकारका विकासका प्राथमिकता परेका बिषय पनि सम्मेलनका छलफलका विषय हुन्।
कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि विषयमा सम्मेलनमा छलफल हुने डा. शर्माले बताउनु भयो ।
सम्मेलनमा नेपाल भित्र र बाहिर रहेका विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहने आयोजकले बताएको छ।
सूचना तथा संचार समिति
गैरआवासीय नेपाली संघ ।
No Comments